Tuesday, January 19, 2021
Home > special_one > केशव स्थापितलाई मन्त्रीपदबाट बर्खास्त

केशव स्थापितलाई मन्त्रीपदबाट बर्खास्त

काठमाडौँ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं गएका थिए । उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन् ।

अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहान नगर्ने भएकाले हटाइएको हा । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक(पटक अपमान गरेको आरोप लाग्दै आएको थियो ।

बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए ।

१३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन । मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित भएका थिए । ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका थिए । मन्त्री स्थापितले भने आफ्नो अलि ठूलो स्वर भएको तर अभद्र व्यवहार नगरेको बताएका थिए ।

Leave a Reply