महात्मा गान्धी चाहन्थे कि काङ्रेसको नेत्रित्वमा सुभाशचन्द्र बोस बाहेक कि जवाहरलाल नेहरु, कि त सरदार बल्लभभाइ पटेल अाउन्, या कुनै त्रितिय पुरुष जोसुकै अाउन् ।
सन १९३८ को काङ्रेश महाधिबेशनमा सुभाशचन्द्र बोसले बिजय हासिल गरी नेत्रित्व लिए भने मेरो राजनीति सिद्वान्तको अवसान भएको ठान्नुहोस् भनेर महात्मा गान्धी कुर्लिए, उर्लिए, हुर्लिए।
सुभाश बाबुले काङ्रेस अध्यक्षमा बिजय हासिल गरे। परन्तु उनलाई संगठन बिस्तार गर्न नदिन नेहरु, गान्धी र सरदार पटेलले न्वरानदेखिको बल निकालेर शून्य परिस्थिती खडा गरे। तत पस्चात सुभाशचन्द्र बोसले काङ्रेस तिनै लोभि बाहुन र शिखहरुलाई जिम्मा लगाएर पार्टिबाट बाहिरिएका थिए। तर सुभाशचन्द्र बोसले त्यो कदम नचालेको भए आजाद हिन्दको नारा बन्ने थिएन जो नारामा लाखौं क्रान्तिकारी जन्मने थिएनन्। तब बेलायत पुच्छर टाङ्मुनि लुकाएर भाग्ने थिएन।
नेपालमा बेलायत त आएन, छैन तर यहाँ बेलायतभन्दा निर्मम एउटा जडसुत्रवाद छ, त्यसको अन्त्य बिना नेपाली जनताको उन्मुक्ती मोक्ष असम्भव छ। कोही त आउनुस् हे युवा, कोही त बलिदानिमा उत्रनुस् हे काङ्रेशी नवजवान। बर्तमान काङ्रेशको छदम राजनीति कृयाकलाप र परिभाषामा देशको उन्मुक्ती सम्भव छैन।
त्यसैले बामपन्थीहरुले एकछत्र बिजय हासिल गरेका छन्। जसरी आकाशमाथि बादलले ढाकेर सूर्य छेकेको छ त्यसै गरी अनैतीक र अराजकले काङ्रेसलाई लपेटेको छ। देश अन्धकारमा धकेलिदैछ। हे युवा, भीषण बर्षा बनेर आकाशको बादललाई धर्तिको माटोमा गिराइदेउ। तव मुक्ती सम्भव छ। तेसो हुन सकेन भने यो देश अहिले भुटान जस्तो छ फेरी सिक्किम जस्तो बन्नबाट कसैले रोक्न सक्तैन। अहिलेका सत्तधारिका राष्ट्रभक्ती त सबैले देखी नै सके भन्नै पर्दैन। बिलम्व नगर, अबिलम्ब निर्णय गर। जय नेपाल ।
लेखक तथा कांग्रेस प्रति विदेशी भुमिमा पसिना वगाउदै स्वदेश र वर्तमान परिस्थितिको बारेमा चिन्ता लिने यी र यस्ता व्याक्तित्व कलम मार्फत आफ्ना हजारौ शब्दहरुको संगालो मार्फत देश परिवर्तनको अपेक्षा गर्ने गर्दछन। उनि विपि अध्यन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।