Sunday, January 24, 2021
Home > special_three > नयाँ शक्ति पार्टीको सङ्घीय बैठक आजदेखि काठमाडौंमा

नयाँ शक्ति पार्टीको सङ्घीय बैठक आजदेखि काठमाडौंमा

काठमाडौं । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि काठमाडौंमा हुँदैछ । आज र भोली बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply