Tuesday, January 26, 2021
Home > देश > अशोक मुकारुङको ‘चैते दशैंलाई’ सार्वजनिक

अशोक मुकारुङको ‘चैते दशैंलाई’ सार्वजनिक

काठमाडौं । गायक अशोक मुकारुङको पूर्वेली लोक भाका ‘चैते दशैंलाई’ सार्वजनिक भएको छ । पूर्वेली लोक भाकाको जगेर्ना गर्ने उदेश्यले सार्वजनिक गरेको गीतमा अशोक मुकारुङको आवाज रहेको छ ।

शब्द सम्पादन र संगित देलेन्द्र मुकारुङले गरेका छन् । म्यूजिक भिडियो सहित बजारमा आएको गीतको एरेन्ज राजु कार्की, निर्देशन राजेश पुमा राई, जीवन मुकारुङ र कोरियो ग्राफर गोविन्द राई, सिने अटोग्राफर उत्सव दाहालको रहेको छ ।

अभिनयमा निराजन प्रधान, रोजिना राई, सुरबीर पण्डित र ललिता चाम्लिङ देख्न सकिन्छ । छोटो समयमा चर्चित बन्न सफल यो गीतले सांगितिक क्षेत्रमा नयाँ उर्जा थपिएको छ । ‘चैते दशैंलाई’ पूर्वेली लोक भाकाको यो गीत पूर्वेली लोक गीत मध्यकै उत्कृष्ठ मान्न सकिन्छ ।

भिडियो: 

 

Leave a Reply