Friday, January 22, 2021
Home > mophosala > मेरो नजरमा सुभाशचन्द्र बोस; मोती चाम्लिङ

मेरो नजरमा सुभाशचन्द्र बोस; मोती चाम्लिङ

२३ जनवरी १८९७ मा जन्मेका आजाद हिन्दका आदर्श नेता सुभाशचन्द्र बोस १९४५ अगष्ट १५ ताइपे बिमान दुर्घट्नामा बिभत्स घायल भएपछी उपचारार्थ ताईवान अस्पतालमा २१ अगस्ट १९४५ मा निधन भयो भनिएको छ ।
बर्लिनमा हिटलरसङग भेटघाट गरी राय मस्यौराको नतिजा अनुरुप जापानि युद्द रणनितीसँग नजिक भैकन अङ्रेज बिरुद्द आक्रमणको तयारी गर्न जर्मनि पण्डुब्बी जहाजले इण्डोनेसिया तटसम्म बोसलाई अवतरण गराए र जर्मन पण्डुब्बी फर्केका थिए।

अकस्मात हिरोसिमा र नागासाकीमा अमेरिकाले लिटल बोइ र फेट बोइ परमाणु बम बिष्फोट गराएपछी सुभाश चन्द्र बोसको जापानि युद्द रणनितीसंगै आजाद हिन्द फौजलाई भारतीय भुमीमा परिचालन गर्ने सारा आन्तरिक रणनितीमा पानी बग्यो। सारा योजना चौपट्ट भयो। जापनले आत्मसमर्पण गरेपछी सुरक्षित स्थानको खोजमा सुभाश चन्द्र बोसले रुसतर्फ पाइला बढाए भनिएको छ।

तर यि माथिका बिचराधिन तथ्य सँग म सहमत छैन।
बिमान दुर्घट्नाको मिती १५ अगस्ट १९४५ भनिएपनी ताईवानको सरकारी अभिलेखमा त्यो दिन कुनै पनि ताइवानि भुमिमा बिमान दुर्घट्ना भएको रेकर्ड छैन। त्यो एक बनिबनाउ किम्वदन्ती मात्र हो। जापानसङ्ग अत्यन्त नजिक रहेर बेलायति बिरुद्द युद्द रणनितीमा अघी बढेका बोस अमेरिकि र बेलायति एलायन्सको बिजयोन्मुख युद्द परिणामले हदैसम्मको असुरक्षित मोडमा पुर्याएको अड्कल होइन किटानी दावा दिन सकिन्छ।

तसर्थ जापान असुरक्षित हुनाले साइगन देखी ताइपेइ सम्मको बिमान यात्रा र बिमान दुर्घट्नाको काहानीको अफवाहका सुत्राधार सुभाशचन्द्र बोसकै चलाखि र गुपचुप भागदौडको एक रणनिती थियो। उनी आँफैले आफु बिमान दुर्घट्नामा मरेको कथित झुठको कथा निर्माण गरे ताकी अमेरिका र बेलायति फौजले मरिसकेको दुस्मनको खोज्पडतालमा अभियान समाप्त गरुन। आफू मरेको खवरलाई रक्षा कवज बनाएर सकुशल भारतीय भूमिमा छिर्न सकुं। शायद ततपस्चात सुभाशचन्द्र बोस रसियातर्फ भाग्ने झुठो कहानी रचेर चीन र नेपालका भुभाग हुँदै भारत पुगेका हुन सक्छन् किन भने रसियातर्फको यात्रा उनको लागि पराजित जापानमा जस्तै असुरक्षित थियो, यस्तो हुनको कारण जर्मनले सोभियतसंघमाथि कडा आक्रमण तिब्र पारेको थियो।

जर्मन र जापानको सामरिक समन्वयमा रहेर आजाद हिन्दका खातिर अाइएनए इन्डियन नेसनल आर्मी सिङापूरमा खडा गरी अन्तरराष्ट्रिय भुगोलबाट भारतलाई घेराबन्दी गरी अङ्रेज फौजलाई सिध्याउने उनको रणनितीका कारण जर्मन र जापान मित्र शक्ती त् थिए तर सोभियत भूमिलाई समेत आफ्नो पक्षमा राखेर उपयोग गर्ने सोंचमा जर्मन बाधा बन्यो। किनकी उनको अपेक्षा बिपरित हिटलरले सोभियतसंघमाथि भीषण आक्रमण सुरु गरे।

यस्तो बिकराल स्थितीमा जर्मन र जापानको लिगेसी बोकेका सुभाशचन्द्र रसिया तथा सोभियतसंघको कुनै भुमी टेक्न पुगे भनेर म विश्वाश गर्दिन। उनी १८४५ को बिमान दुर्घट्नामा मारिएको खवर जती झुठ छ् त्यती नै धेरै झुठ उनी सोभियत रुस पुगेको कहानी र कथनिमा छ । सम्भवत उनले १९४५ देखी १९४७ सम्म चीन तथा नेपाललाई सेल्टरको रुपमा प्रयोग गरे। कतिपय अन्वेषकहरुले लेखेको रेकर्डमा सुभाशचन्द्र बोस ताईवानबाट भूमिगत भएर मन्चुरियाको बाटो हुँदै चीन र नेपाल हुँदै लखनऊ पुगे भनेका छन्।

२७ मइ १९६४को दिन तत्कालिन भारतीय प्रधानमन्त्रि नेहरू दिवङ्गत हुँदा सुभाशचन्द्र बोस फूलको गुच्छा लिएर नेहरूको पार्थिव शरीर समिप श्रद्वान्जली दिन पुगेका थिए । त्यस बखत नेताजी सुभाशचन्द्र बोसलाई हजारौ भिँडले पहिचान गरेका थिए र त्यो भिडिओ फूटेज सुरक्षित छ।
१९४७ मा बेलायतले भारतलाई सार्वभौम सत्ता सुम्पिरहदा भाईस राय माउण्ट ब्याटनले एक अजिव सर्त नेहरू समक्ष राखेका थिए, त्यो हो “सुभाशचन्द्र बोस द्वितिय बिस्वयुद्दका खुंकार युद्द अपराधी हून् र भबिश्यमा उनी जिउदो फेला परेमा भारतले बिनासर्त बेलायत सरकारलाई बिना सर्त सुपुर्दगी गर्नेछ।”

हुन सक्छ यही कारणवश नेहरुले सुभाशचन्द्र बोसलाई रहस्यमयी ढंगवाट बचाउन चाहे, गुमनाम राखेर बोसलाई भगवान गुमनामी वावाको नामले पर्दापछाडि सुरक्षित गर्न चाहे। अहिले भारतीय राजनीतिमा नेहरुलाई सुभाशचन्द्र बोसको कारण बदनाम गराउन अनेक चालहरु भएका छन्, सत्तारुढ दल बिजेपी र प्रतिपक्ष काङ्रेश बिच सुभाशचन्द्र बोसका मृत्‍यु रहस्यका अनेक बन्द फायललाई डि क्लासिफाइ गर्ने नाममा मूलुकको राजनीतिमा अनावश्यक गर्मागर्मी वहश चलेको छ।

मलाई लाग्छ यो बिबादले सौ सवा करोड भारतीय जनतालाई लाभ होइन घाटा नै लाग्नेछ। १९८५मा दिवङ्गत भएका फैजावाद र अयोध्या मध्य भुगोलमा लुकेर बस्ने गुमनाम बाबा नै महान क्रान्तिकारी सुभाशचन्द्र बोस थिए। विश्वयुद्द अपराधीको बिल्लाले निरिह तुल्याएका राष्ट्रवादी सुभाशचन्द्र बोस दुई पटक मरे, १९४५ ताइवानमा प्रथम पटक, १९८५ भारत उत्तर प्रदेश फैजावादमा दोश्रो पटक। जय नेपाल!!

  1.                          लेखक

विपि अध्यन प्रतिष्ठान हङकङका अध्यक्ष हुन

Leave a Reply