Sunday, January 24, 2021
Home > special_one > कांग्रेस जनसम्पर्क समिति बेल्जिएमका पूर्व अध्यक्ष र महामन्त्री साधारण सदस्यबाट निष्कासन

कांग्रेस जनसम्पर्क समिति बेल्जिएमका पूर्व अध्यक्ष र महामन्त्री साधारण सदस्यबाट निष्कासन

बेल्जियम । पार्टी र संगठनको हितविपरित कार्य गरेको भन्दै नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमले पूर्व अध्यक्ष र वर्तमान महामन्त्री दुवै जनालाई पार्टी साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ ।

जनसम्पर्क समितिले पूर्व अध्यक्ष गंगाधर गौतम र वर्तमान महामन्त्री सुवास गुरुङले सामाजिक सञ्जाल लगाएतका विभिन्न मिडियामा संगठनको हित विपरित गलत प्रचार गरि संगठनलाई कुठराघात गरेको भन्दै दुवैजनालाई साधारण सदस्यबाट बर्खास्त गरिएको समितिले विज्ञप्ति मार्फत जनाएको छ ।

संगठनको हितविपरित उनीहरुको गलत गतिविधि देखेपछि सचेत गराउँदा पनि नसच्चिएपछि समितिको बहुमतले कारवाही गरिएको हो । गौतम र गुरुङले नपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा रहेका वेला पनि नकारात्मक प्रचार गरिएको थियो ।

उनीहरुको हरेक गल्तीहरु संगठनलाई आँच पुग्ने खालका भएकाले विधानको भाग ५ धारा २२ को उपधारा २ अनुसार आगामी ४ वर्षको लागि जनसम्पर्क समितिको साधारण सदस्यबाट निष्कासन गरिएको नेपाली कांग्रेस जनसम्पर्क समितिका सभापति सीता सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति :

Leave a Reply