Sunday, January 24, 2021
Home > special_four > “नेपाली कांग्रेस पार्टीमा कुनैपनि गुट उपगुट छैन”: विमलेन्द्र निधि

“नेपाली कांग्रेस पार्टीमा कुनैपनि गुट उपगुट छैन”: विमलेन्द्र निधि

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । उनले जनताले विश्वास गरेर दिएको मतको कदर गर्न समेत आग्रह गरे ।

निधिले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, “नेपाली कांग्रेस पार्टीमा कुनैपनि गुट उपगुट छैन ।”

Leave a Reply