Wednesday, January 27, 2021
Home > special_three > कांग्रेस नेता बास्तोलाको ‘क्लिनिकल्ली डेथ’

कांग्रेस नेता बास्तोलाको ‘क्लिनिकल्ली डेथ’

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ‘क्लिनिकल्ली डेथ’ भएकाे छ ।

छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलालाई शनिवार न्यूरो अस्पताल पुर्याइएको थियो । त्यहाँका चिकित्सकले स्वास्थ परीक्षण गर्दा ब्रेन र हर्टले काम गर्न छाडेको र फोक्सोमा पानी जमेको कारण उपचार हुन नसक्ने घर फिर्ता पठाएको बास्तोलाका भतिजा तारा बास्तोलाले जनाकारी दिए। न्यूरो अस्पतालले भने नेता बाँस्तोलालाई ‘क्लिनिकल्ली डेथ’ भनेर घर पठाएकाे हाे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उनको स्थिति निकै जटिल र चिन्ताजनक अवस्थामा पुगेको बताएका छन ।

बास्तोलाको अवस्था गम्भीर बनेपछि कांग्रेसका नेताहरु खुमलटारस्थित बास्तोलाको निवासमा पुगेका छन्। निवासमा पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि बास्तोलाको मृत्यु नभइसकेको बताएका छन्।

अस्पतालले क्लिनिकल्ली डेथ भनेपछि बाँस्तोलाको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा,उपसभापति विमलेन्द्र निधि,महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए ।

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो।बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका छन्।

मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो।

Leave a Reply