Sunday, January 24, 2021
Home > मनाेरञ्जन > ‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडौं । धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जातिन रिलिजको दिन कहिले आइपुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस वर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

‘यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सँगै शिक्षा समेत दिने प्रयास गरेका छौँ ।’ चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए ।

६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पायो यूट्युबमा १ करोड भ्यू पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर सेलिब्रेसन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीत अहिलेसम्मा १ करोड ६४ लाख ३ हजार ६ सय पटक हेरिइसकिएको छ ।

यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको टे्रलर तथा रिलिज डेट घोषणा भए सँगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको थियो । यस अघि आमा सरस्वती मुभिज प्रालिमा बनेका चलचित्र सीने बजारकै उदाहरणीय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

Leave a Reply