Tuesday, January 19, 2021
Home > खेलकुद > साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । १८ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोलीले आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नुहुनेछ । तर नेपालको लागि बंगलादेश विरुद्ध मैदान उत्रिदा समूह चरणका बेहोरेको हारको बदला लिने उपयुक्त अवसर मानेको छ ।

समूह बी मा नेपाल बंगलादेशसँग २—१ ले पराजित भएको थियो । आज नेपाल त्यो हारको बदला लिने दाउमा रहेको छ । सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टीसुट आउटमा ३—१ गोलन्तरले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो । जसमा गोलकिपर अन्जना मगरले दुई पेनाल्टी रोकेकी थिइन ।

यस्तै बंगलादेशले भुटानलाई ४—० ले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो । भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च भएको छ ।

Leave a Reply