Wednesday, January 27, 2021
Home > special_three > महंगी नियत्रणको माग गर्दै प्रधानमन्त्रीलाई तरुणदलको ज्ञापन–पत्र (विज्ञप्ति सहित)

महंगी नियत्रणको माग गर्दै प्रधानमन्त्रीलाई तरुणदलको ज्ञापन–पत्र (विज्ञप्ति सहित)

काठमाडौं । नेपाल तरुणदलले चार्डपर्वको समयमा कृतिम रुपले बढेको महंगी र पेट्रोलिएम पदार्थमा गरेको मुल्यबृद्धिको विरोध जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

तरुणदलले दशैंको मुखमा आयर पेट्रोलियम पदर्थमा गरिएको मुल्यबृद्धि, महंगी नियन्त्रण, बजारको नियमीत अबलोकन र नियमन, यातायातको साधनको थप ब्यबस्था र सुपथ मुल्य पसलको व्यबस्थापन लगायतका माग राख्दै तरुणदलका अध्यक्ष जीतजंग बस्नेतको नेतृत्वमा गएको तरुण दलको टोलीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

तरुणदलले आज विहान ११ बजे जिल्ला प्रशासन कार्यलय काठमाडौं स्थित बबरमहलमा सवै कार्यकर्तालाई भेलागरी प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनवत्र बुझाएको तरुणदलका महासचिव भुपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

नेपालीहरुको महान चाड बडा दशैको मुखमा आयर सरकारले गरेको मुल्यबृद्धी र महङिको घोर भ्रत्सना गर्दै नागरिक सङ जोडिएका सबालहरु दैनिक उपभोग्य बस्तुहरु सुपथ मुल्यमा उपलब्ध गराउन माग गर्दै नेपाल तरुण दलले आज १० बुदे ज्ञापन पत्र बुझायको छ।

ज्ञापन–पत्र

१) दशैको मुखमा आयर पेट्रोलियम पदर्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिइयोस।

२) कालोबजारी र तस्करीलाई नियन्त्रण र कार्बाही गरियोस।
३) चाड पर्बको अबसरमा देसैभरी ७५३ पालिकामै विभिन्न स्थानमा सुपथ मूल्य पसलको ब्यबस्था गरियोस।
४) दशैमा आआफ्नो गाउँ घर जाने यात्रुहरुको लागि यातायातको साधनको थप ब्यबस्था र ब्यबस्थित गरियोस।
५) यस्तो बेला हुनसक्ने विभिन्न घटनाहरु बाट सतर्क बनी जनताको जिउ धन र शान्ति सुरक्षाको ब्यबस्था मिलाइयोस।
६) चिनी,तेल र विभिन्न खाद्यान्न बस्तु माथी गरियको मूल्यवृद्धि नियन्त्रण र सुपथ मुल्यमा उपलब्ध गराइयोस।
७) गरिब, असाहय,अशक्त र बिपन्न परिबारलाइ तत्काल राहतको घोषणा गरियोस।
८) दशै तिहार छट पर्बको अबसरमा विभिन्न युबा संघसस्थाहरुले आयोजना गर्ने खेल्कुद र मनोरञ्जनका कार्यक्रममा सुरक्षा र सहयोग प्रदान गरियोस।
९) निर्मला पन्तका बलात्कारि, हत्यारा र अपराधीहरुलाइ छिटोभन्दा छिटो कडाभन्दा कडा कार्बाही गरि सम्पुर्ण नेपाली चेली दिदिबहिनीहरु सार्बजनिक स्थानमा शान्ति पुर्ण ढंगले खुला रूपमा हिड्ने खाल्को बाताबरण र सुरक्षाको ब्यबस्था मिलाइयोस।
१०) बजारमा देखियको चर्को महँगिको नियन्त्रण, बजारको नियमित अबलोकन र नियमन गरियोस। जयनेपाल

 

Leave a Reply