Sunday, January 17, 2021
Home > देश > कालिकोटमा बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

कालिकोटमा बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

कालिकोट । कालिकोट जिल्लाको ओदानकुमा बालबालिकाको लागि दुईदिने निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ । हिमालय सेवा समाज केन्द्र ओदानकु फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिने शिविरको पहिलो दिन आज दुई सय २५ जना बालबालिकाले निशुल्क स्वास्थ्य जाँच गरेका छन् ।

जसमध्ये १२ जना बालबालिकाको स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि अन्तै रिफर गरिएको छ । मध्येपश्चिम क्षेत्रीय अस्पताल कालागाँउमा कार्यरत चिकित्सकहरु स्वास्थ्य जाँचमा खटिरहेको हिमालय सेवा समाज केन्द्र कालिकोटका अध्यक्ष करन सिंहले जानकारी दिए ।

शिविरमा डा. नवराज केसी, डा. कुस नेपालीे र डा. विज्ञान लगाएतको टोलीले बालबालिकाको स्वास्थ्य जाँच गरिरहेका छन् । शिविरमा नेपाल निजामति कर्मचारी संघ सुर्खेतका अध्यक्ष राजेश बुढा तथा नेपाल स्वास्थ्यकर्मी संघ कालिकोटका उपाध्यक्ष नारायण भट्राई र उक्त टोलिमा स्वास्थ्यकर्मीहरु पद्मा शाही, रेशम गौतम समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply