Wednesday, January 20, 2021
Home > special_one > कांग्रेस विधान मस्यौदा समितिको बैठक आज

कांग्रेस विधान मस्यौदा समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिको बैठक आज बस्दैछ । विधान तयार गर्न सातै प्रदेशमा छलफलपछि आज विधान मस्यौदा समतिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

उनका अनुसार सवैतिरबाट लिइएका सुझावलाई समेट्दै विधान मस्यौदामा समेटेर अन्तिम रुप दिनका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्नेछ । सातै प्रदेशमा सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने वा स्थानीय तह देखिनै सामुहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने दुई विषयमा दुई थरी सुझाव आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिलाई अधिकार सम्पन्न बनाउने गरि प्रत्यक्ष निवार्चित प्रणाली अपनाउनुपर्ने सुझाव दिएका छन् । यता वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सभापतिलाई वढी अधिकार दिन नहुने बताउँदै आएका छन् ।

त्यसैगरी पार्टीमा योगदान गरेकालाई निर्वाचनमा मताधिकार र उम्मेदवार समेतको अधिकार दिनेगरि सुपरडेलिगेट्सको अवधारणामा जानुपर्ने समेत आवाज उठेको नेताहरुले बताएका छन् ।

मंसिरमा बोलाइएको महासमिति वैठकअघि विधान संशोधनको तयारी गरेको कांग्रेसले त्यसको प्रारम्भिक मस्यौदाबारे प्रादेशिक तहमा भएको छलफलमा जिल्ला सभापति, महासभिति सदस्य, क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनीधि, राष्ट्रिय, प्रतिनीधि तथा पदेशसभा सांसदले सहभागिता जनाएका थिए ।

विधानको प्रारम्भिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ । प्रारम्भिक कांग्रेसको केन्द्रीय समितिको आकार १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

Leave a Reply