काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन।
आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न सोलुखुम्बु पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिए ।
महानिरीक्षक खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको तर्क गर्दै आफ्नो आचरण र इमान्दारितमा सुधार गर्नुपर्ने बताए ।खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्छ तर त्यसको लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्न आवस्यक भएको बताए ।
महानिरीक्षक खनालले विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने बताए ।