Saturday, January 23, 2021
Home > special_one > महात्मा गान्धीको १५०औँ जन्मजयन्ती आज

महात्मा गान्धीको १५०औँ जन्मजयन्ती आज

काठमाडौं । आज अन्तरराष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज तत्कालिन भारतीय प्रधानमन्त्री महात्मा गान्धीको १५० जन्मजयन्ती पनि हो ।
अन्तराष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीको अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आज ‘२१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

राजधानीको गैरीधारामा सवा २ बाट सुरुहुने कार्यक्रमको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गान्धी विचारकोे बारेमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य तथा सांसद घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजयी र भारतीय जनतापार्टीका नेता चन्दन कुमारले मुख्यवक्ताको रुपमा बोल्नुहुनेछ ।

तत्कालिन प्रधानमन्त्री महात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा आज भारत सरकारले पनि विविधको आयोजना कार्यक्रम गरि मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तरराष्ट्रिय अहिंसा दिवस मनाउने घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा. जयराज आचार्यले बताउँनुभयो ।

Leave a Reply