Tuesday, January 19, 2021
Home > अन्तर्राष्ट्रिय > इन्डोनेसियामा भूकम्प परि मृत्युहुनेकोे संख्या ८३२ पुग्यो

इन्डोनेसियामा भूकम्प परि मृत्युहुनेकोे संख्या ८३२ पुग्यो

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्युहुनेको संख्या ८ सय ३२ पुगेको छ ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको र मृतको संख्या अझै बढ्ने बताइएको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या ‘हजार’ भन्दा बढी हुनसक्ने बताए ।मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन् ।

कतिपय मृत्यु भएकाहरुको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण पाँच सय जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७,५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

Leave a Reply