Tuesday, January 26, 2021
Home > राजनीति > आर्थिक > रसुवाको विकासका लागि कृषि र पर्यटन : सांसद आचार्य

रसुवाको विकासका लागि कृषि र पर्यटन : सांसद आचार्य

रसुवा १२ असोज । नेपाली काँग्रेसको तर्फबाट रसुवाको सांसद बन्नुभएका मोहन आचार्यले भूकम्पबाट विस्तापित तिरु क्षेत्रमा जाने सडकको शिलान्यास गर्नुभएको छ ।
सांसद आचार्यले भूकम्पबाट विस्तापित रसुवाको जनतालाई एकीकृत बस्तीमा स्थानान्तरण गरेपछि सोही क्षेत्रमा जाने सडकको बिहिबार शिलान्यास गर्नुभयो । सोही क्षेत्र उत्तरगया गाउँपालिकामा पर्छ ।

सडक शिलान्याससँगै तिरुमा एकीकृत बस्ती निर्माण गर्ने कार्यले गति लिएको छ । सडकको शिलान्यास गर्दै सांसद आचार्यले तिरुमा एकीकृत बस्ति निर्माण पछि विस्थापित परिवार लाइ जिविको पार्जन गर्न सहज हुने बताउनुभयो ।
समृद्ध रसुवा निर्माण अभियानलाई सफल बनाउनका लागि कृषि र पर्यटन विकासमा जोड़ दिनुपर्ने उहाँको भनाई थियो । २०७२ सालको भुकम्पबाट रसुवाको गोगने र तिरूमा गरी ४५० परिवार विस्थापित भएका थिए ।

Leave a Reply