Tuesday, January 26, 2021
Home > मनाेरञ्जन > नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पतालमा उपचार हुँदै

नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । पहिलो नेपाल आइडल  बुद्ध लामा अस्पताल भर्ना भएका छन् । थापाथलिकाे नर्भिक अस्पतालमा उनको  उपचार भइरहेकाे छ । उनी सोमबार बिहानैदेखि सामान्य ज्वरो आएर बिरामी भएका थिए ।

तर, उनकाे नयाँ गीत रेकर्डिङकाे कार्य भलिरहेकाले कृपा डिजिटल स्टुडियो पुगेका पनि ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर फर्किएका थिए ।

ज्वराे एकासी बढेपछि उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् । बेहोस भएर लडेका लामालाई तुरुन्तै उपचारका लागि नर्भिक अस्पताल लगिउकाे पारिवारि स्राेतले जनाएकाे छ । अस्पतालका अनुसार उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल छ ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

Leave a Reply