Sunday, January 17, 2021
Home > special_one > कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा, लगायाे यस्ताे अाराेप

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा, लगायाे यस्ताे अाराेप

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनातालार्इ शान्ति सुरक्षा दिन गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विषेश समयमा कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढिरहेका छन्, निर्मला पन्तको हत्याका वास्तविक दोषी पत्ता लगाउन सरकार असक्षम भएको छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको छ’ रेग्मीले भनिन्, ‘या छिटो अपराधी पत्ता लगाउनु पर्छ, नभए गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

रेग्मीले निर्मला पन्तका आमावुवाको हालत गोरखाकी गंगामायाको जस्तो हुने भन्दै चिन्ता व्यक्ति गरिन् । ‘म जोडदार रुपमा माग गर्न चाहान्छु, नक्कली अभियुक्त होइन सक्कली अपरधी समातेर कारवाही गरियोस्’ उनले भनिन ‘मलाई शंका लाग्छ, गंगामायाको नियती त भोग्नसु पर्ने होइन ?’

३३ किलो सुन तस्करी प्रकरणका ठूला साना माछा कसैलाई नछाड्ने कुरा आए पनि कसैलाई कारवाही नगरिएको भन्दै उनले आपत्ति जनाइन् । ‘सुन तस्करले लुकाउनको लागि प्रस्सत्त समय पाए । यसमा पनि कुनै कारवाही गर्न सकेन’उनले भनिन् ।

Leave a Reply