Wednesday, January 27, 2021
Home > special_two > प्रधानमन्त्रीलाई निर्मलाका बुवाआमाको प्रश्नः हामीले न्याय पाउँछौँ कि पाउँदैनौं ?

प्रधानमन्त्रीलाई निर्मलाका बुवाआमाको प्रश्नः हामीले न्याय पाउँछौँ कि पाउँदैनौं ?

काठमाडाैं । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवाआमाले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग  छन् ।

छोरीको न्यायका लागि काठमाडौँ आएका निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले सोमबार बिहान बालुवाटार गएर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

भेटमा उनीहरुले छोरीको न्यायका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । साथै उनहरूले, ‘हामीले न्याय पाउने कि नपाउने ?’ भन्दै प्रधानमन्त्रीलार्इ सुधेका पनि थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले निर्मलाको न्याय र दोषीलाई कारवाहीका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।  घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

प्रधानमन्त्री ओलीले दोषी जो कोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाएछोड्ने प्रतिबद्धता जनाएका हुन् । यसकै लागि प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई ‘तपाईँहरुको पीडा मेरो पीडा हो’ भनेका छन् ।

निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा त्यो क्षेत्रका नेताहरु पनि गएका थिए । प्रधानमन्त्री र उनीहरुबिच झण्डै एक घण्टा छलफल भएको हो ।

Leave a Reply