काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अाफ्ना कार्यकर्तालार्इ सरकारका विरोधीहरुलाई ‘अरिंगालको झै झम्टनु’ भनि दिएकाे आदेशले सामाजिक संजाल तातेकाे छ । धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यो विषयलार्इ लिएर प्रधानमन्त्री अाेलीलाई मजाकको पात्र बनाएका छन् ।
हुन त मानिसको स्वभावले उसको चरित्र प्रदर्शन गर्छ । तर प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले बोलेका हरेक शब्दहरु आम नागरिकसँगै अन्तराष्ट्रिय समुदायले पनि सुनेर मुल्याङकन गरिरहेका हुन्छन भन्ने कुरा भने ओलीले ख्याल गरेको पाईदैँन।
फलस्वरुप उनी सामाजिक सञ्जालमा अहिले मजाकको पात्र बनेका छन् भने मुलुकभरबाट चौतर्फी आलोचना भइरहेको छ। यसै बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकास शर्माले अरिंगालको तस्बिर सहित ‘राजनैतिक दर्शनको प्रष्ट फरक’ शिर्षककाे ट्वीटरमा यस्तो लेखेका छन्।
‘प्रम विपिले एक पत्रिकालाई नियमित रुपले मासिक रकम दिएर आग्रह गर्नुभएछ, ‘सरकारको गल्ती कमजोरी निरन्तर औँल्याइदिनुस, जनभावना बुझेर काम गर्न मलाई सजिलो हुनेछ । दुई तिहाइका अर्का प्रधाममन्त्रीले आज आग्रह गर्नुभयो, विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाइलाग्नुस।’