Wednesday, January 27, 2021
Home > special_three > निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै काठमाडौँमा विशाल प्रदर्शन गरिएको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसकेको र उल्टै नक्कली अभियुक्त तयार पारेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो।

काठमाडौँको माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौँ नागरिक सहभागी थिए । माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले नयाँबानेश्वर पुगेको छ। प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, शान्ति सुरक्षा कायम गर, अपराधी संरक्षण गर्नेलाई कारबाही गर लगायतका नारा लगाइरहेका छन्।

साउन ९ गते साथीको घरमा गएकी बालिका निर्मला पन्त त्यसको भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिर्पाेटबाट पुष्टि भइसकेको छ। तर घटनाका दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन। ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ । आफ्नी छोरीका हत्यारालाई कारबाहीको माग राख्दै निर्मलाका आमाबुवा केही दिन देखि काठमाडौं छन् ।

 

Leave a Reply