Monday, January 25, 2021
Home > special_four > कांग्रेस वरिष्ठ नेता पाैडेल १२ दिनका लागि युराेप प्रस्थान

कांग्रेस वरिष्ठ नेता पाैडेल १२ दिनका लागि युराेप प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल अाज साझा युराेप प्रस्थान गरेका छन् । १२ दिनका लागि युराेपका विभिन्न देशहरूमा समसामयिक विषयमा राजनीतिक भेटघाटसँग विभिन्न कार्यक्रममा उपस्थित हुन् पाैडेल छाेरा चिन्तनसहित ६ः४५बजे त्यहाँ प्रस्थान गरेका हुन् ।

उनलार्इ नेपाली कांग्रेसका काेषाध्यक्ष सितादेवी यादव, नेता नविन्द्रराज जाेशी, तरुण दल महासचिव भुपेन्द्र जंग शाही, नेविसंघ नेता मनाेजमणी अाचार्यलयागतका नेताहरूले विदार्इ गरेका थिए ।

उनी युराेपका विभिन्न देशमा कांग्रेसनिकट जनसम्पर्क समितिहरूले आयोजना गर्ने कार्यक्रममा प्रमुख अथितीकाे रूपमा सहभागी हुँदै छन्  । नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्डमा जनसम्पर्क समितिले आयोजना गर्ने ८ वटा कार्यक्रममा सहभागी हुनेछन् ।

युराेप भ्रमणकाे यस्ताे कार्यतालिका

Leave a Reply