Tuesday, January 26, 2021
Home > special_four > नेकपाकाे महाअभियोगलार्इ च्यालेन्ज दिदै काममा फर्केका जोशीले पाए इजलास

नेकपाकाे महाअभियोगलार्इ च्यालेन्ज दिदै काममा फर्केका जोशीले पाए इजलास

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएर पनि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अबदेखि नियमित काम गर्ने भएका छन् ।

सर्वोच्चले बिहीबारका लागि तोकेको पेशीमा न्यायाधीश जोशीले पनि इजलास पाएका छन् । दुई दिन जोशीका लागि कुनै पनि पेशी तोकिएको थिएन। एकल इजलाशमा सार्वजनिक सरोकारका मुद्दाहरु जोशीलाई तोकिएको छ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर बिदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए । सत्तारुढ दलका सांसदहरुले महाअभियोग लगाउने धम्कीपुर्ण सूचना पठाए पनि त्यसलाई वेवास्ता गर्दै जोशी सर्वोच्च फर्केका हुन्।

जोशी ओमप्रकाश मिश्र संसदीय सुनुवाइबाट अनुमोदन भएर राष्ट्रपति कार्यालयबाट सपथ लिए लगत्तै उनको स्वागतका लागि सर्वोच्च नै पुगेका थिए। आफूभन्दा जुनियर नेतृत्वमा पुगे पनि जोशी मंगलबार र बुधबार सर्वोच्च पुगेका थिए।

मंगलबार मात्र नेकपाका केही सांसदहरुले जोशीलाई राजीनामा दिन दबाब दिँदै महाअभियोगको तयारी अवस्थामा रहँन समेत भनेका थिए। तर जोशीले त्यसलाई पनि सहज रुपमा लिँदै सर्वोच्च फर्किएर अाज इजलाससमेत पाइसकेका छन् ।

Leave a Reply