Sunday, January 24, 2021
Home > मुख्य खबर > लोकतान्त्रिक फोरमको अध्यक्षमा वाग्ले निर्वाचित

लोकतान्त्रिक फोरमको अध्यक्षमा वाग्ले निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा हंशराज वाग्ले निर्वाचित भएका छन्।

फोरमको छैटौं अधिवेशन तथा नवाैं साधारणसभापश्चात आइतबार भएको निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वअध्यक्ष रहेका व्यवसायी वाग्ले आफ्ना प्रतिद्वन्द्वी नरेन्द्र प्रसाद ढकाललाई १५ मतले पराजय गराउँदै दाेस्राे पटक अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका लागि परेको तीन जनाको उम्मेदवारीमध्ये सीता देवकोटाले वाग्लेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले र ढकालबीच प्रतिस्पर्धा भएको फोरमले जानकारी दिएको छ। अध्यक्षमा विजयी वाग्लेले ८८ मत प्राप्त गरे भने पराजित ढकालले ७३ मत पाएको फोरमले जानकारी दिएको छ।

राजधानीमा आइतबार भएको निर्वाचनमा फोरममा आवद्ध ३ सय ७२ व्यवसायीमध्ये १ सय ६६ जना व्यवसायीको मतदानमा उपस्थित भएको फोरमले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा व्यवसायी सुजित श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्वी भगीरथ राईसँग समान ८१ मत पाएका श्रेष्ठ गोलाप्रथाबाट निर्वाचित भएका छन्। अर्को उपाध्यक्षमा किशोरकुमार केसी निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा तारानाथ अर्याल निर्वाचित भएका छन्। प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अर्याल निर्विरोध भएका हुन्। सचिवमा पुष्पराज न्यौपाने ९७ मत ल्याइ निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा कमल काफ्ले छानिएका छन्।

कार्यसमितिको सह कोषाध्यक्षमा मनसुन काजी क्षेत्री निर्विरोध निर्वाचित भएको फोरमले जानकारी दिएका छन्।कार्यसमिति सदस्यमा सञ्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैशी, प्रकाश बोहरा, बाबुलाल मगर(नरेन्द्र), कर्णराज कटुवाल, शिशिर बिष्ट, देवकुमार खोखाली र शैलेस कार्की निर्विरोध निर्वाचित भएका छन्।

फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहररू सहित २१ सदस्यीय रहने भएपनि कार्यसमितिमा १७ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्यकोे निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ। फोरमको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने फोरमले जनाएको छ।

 

Leave a Reply