Thursday, January 21, 2021
Home > mophosala > तरूण दलका नेता पुनकाे हत्याप्रति मकवानपुर तरुण दलको भत्र्सना

तरूण दलका नेता पुनकाे हत्याप्रति मकवानपुर तरुण दलको भत्र्सना

मकावनपुर भाद्र २४ । रोल्पाको सुलीचौरस्थित रेष्ट प्वाइन्ट होटलमा आइतबार साँझ गोली चल्दा लिवाङ  नगरसमिति नेपाल तरुण दलका अध्यक्ष रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको हत्या भएको बिषय प्रति नेपाल तरुण दल मकावनपुरले गहीरो आपत्ती प्रकट गरेको छ ।

नेपाल तरुण दल मकावनपुरका सचिव सचित थापाले घटना षडयन्त्र पूर्वक  र राजनितकि प्रतिसोध राखेर घटाइएको भन्दै यथाशिघ्र दोषीहरुलाइ सार्बजानिक नगरीए देश भरीका तरुण चुप लागेर नबस्ने कडा प्रतिक्रिया दिए ।

प्रहरीचौकीबाट केही मिनेटको दुरीमा रहेको घटनास्थलका बारेमा प्रहरी बेखबर हुनुले सरकारको आम शान्ती सुरक्षाको खिल्ली उठाएको भन्दै सचिब थापाले आपराधिक घटनाको मुकाविला गर्न तरुण  तयार रहेको बताए ।

‘यो रोहीत पुनमाथीको प्रहारमात्र नभइ लोकतन्त्र सिद्धाउन आम तरुणमाथीको निर्मम प्रहार हो’  थापाले भने । सत्ताको आडमा गरिएको यो अपराधीक घटनामा संलग्न हत्याराहरुलार्इ तत्काल कडा भन्दा कडा कारबाही  र सरकारलाई जनताको जिउ धनको सुरक्ष गर्न  तथा अपराधी लाई संरक्षण गर्ने बाटोमा नलाग्न  सचिब थापाले चेतावनी  दिए ।

सरकार ढाकछोप र अपराधिक संरक्षणमा लागे नेपाल तरुण दल मकावनपुर केन्द्रसँग समन्वय गरी आन्दोलनको आधिबेरी सृजना गर्न बाध्य हुने  उनले बताए । यस बिषयमा जिल्ला कार्यसमितीको बैठकले आबश्यक कदम चाल्ने उनको भनाइ थियो ।

रोल्पाको सुलिचौरमा  रहेको रेष्ट प्वाइन्ट होटलमा खाजा खादै गरेका पुनमाथी अन्दाधुन्द गोली चलेको थियो । पुनको छातीमा ३ गोली लागेको छ ।

गोली चलाएको आरोपमा रोल्पा नगरपालिका-१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । उनी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply