Friday, January 15, 2021
Home > special_four > सभामुख महरासहित ११ जनाको टाेली लाग्याे चीनतिर, एक सातासम्म संसद बैठक स्थगित

सभामुख महरासहित ११ जनाको टाेली लाग्याे चीनतिर, एक सातासम्म संसद बैठक स्थगित

काठमाडौं  । चीनको ल्हासामा हुने विभिन्न कार्यक्रममा भाग लिन सभामुख कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन्।

सभामुख महरा शुक्रबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गरेका हुन्।

ल्हासा भ्रमणका क्रममा सभामुख महरा कल्चरल एक्स्पो, ट्रान्स-हिमालयन वेल्ट एण्ड रोड इन्टरनेशनल फोरममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

चीन भ्रमणकै क्रममा ल्हासामा रहेको नेपालको वाणिज्यदूतावास र रसुवागढी र तातोपानीको मितेरी पुलको पनि शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

सभामुख महरासहितको १० जनाको टोलीमा चार वटा राष्ट्रिय पार्टीका सांसद र एक स्वतन्त्र सांसद पनि सहभागी छन् । सभामुख चीन जाने भएपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।

सभामुख महरा भदौ २७ गते स्वदेश फर्किएपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते एक बजेका लागि तोकिएको छ।

Leave a Reply