Tuesday, January 19, 2021
Home > मनाेरञ्जन > कला संस्कृतिकाे जगेर्ना कर्तब्य हाे भन्दै तरुणदल अध्यक्ष एडीले मिलाए डेउडामा पैताल (भिडियाेसहित)

कला संस्कृतिकाे जगेर्ना कर्तब्य हाे भन्दै तरुणदल अध्यक्ष एडीले मिलाए डेउडामा पैताल (भिडियाेसहित)

काठमाडाैं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन  नेपाल तरुणदल बझाङका अध्यक्ष एवं समाजसेवी बिष्णु एेडीले लोक देउडा संस्कृती जगेर्ना गर्न युवाहरु कस्सिएर लाग्नु पर्ने बताएका छन् । उनले पश्चिमा संस्कृतिले हाम्रो कला संस्कृती परम्परा रीतिरीवाज लोप हुने अबस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

देउडा गित सुदुरपश्चिम तिर निकै प्रख्यात मानिन्छ । अाफु सानै उमेर देखि काठमान्डौमा हुर्किएर पनि अाफुले अाफ्नो कला संस्कृति कहिल्यै नभुलेर गाउँमा अाएर संरक्षणमा जुटेको उनी बताउँछन ।

राजनीति र संगीत क्षेत्रलार्इ संगसंगै लिएर हिँडेका उनले पछिल्लाे समय देउडा गीतमा पनि अभिनय गरेका छन् । राजेन्द्र शाह बीपीको उत्कृष्ट शब्द तथा उमाशंकर जोशीकाे लय रहेको देउडा गीतमा उमाशंकर जोशी र टीका पुनको सुमधुर स्वर रहेको छ । गीतमा सुदुरपश्चिम भेगमा बाेलिने भाषालार्इ अत्यन्तै कलात्मक शैलीमा उतारिएकाे छ ।

भीम थापाको निर्देशनमा बनेकाे म्युजिक भिडियोमा बिष्णु एेरीको दमदार अभिनय रहेको छ । उनलार्इ रोजी कुँवरले साथ दिएकी छन् ।

राजनीति संगसंगै सांस्कृतिक लाेककला र साहित्यको संरक्षण,सम्वर्धनमा सक्रिय उनी माैलिक परम्परा तथा संस्कृति जोगाउन आफु देउडा गीतकाे म्युजिक भिडियोमा अभिनय गर्न अाएकाे बताउँछ ।

भिडियाे हेर्नुहाेस्ः

Leave a Reply