एजेन्सी । फ्रेन्च क्लब पिएसजीका स्टार केलिएन एम्बाप्पेलाई तीन खेलमा प्रतिबन्ध लगाइएको छ। शनिबार निमेसविरुद्धको खेलमा सेवेनियरलाई उनले खराव ट्याकल गरेको भन्दै तीन खेलमा प्रतिबन्ध लगाइएको हो।
पिएसजीले यो खेलमा निमेसलाई ४–२ ले पारजित गरेको थियो। यो खेलमा पहिलो हाफअघि नै एम्बाप्पे र सेवेनियर ठोकिएका थिए। जसका कारण उनलार्इ रातो कार्ड दिएको थियो।
यो उनको करिअरको पहिलो रातो कार्ड हो। एम्बाप्पेले आफ्नो टिमको समर्थकसँग माफीसमेत माग्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।
प्रतिबन्धपछि एम्बाप्पेले सेन्ट–एटिएन्स र रेनेस रेम्सविरुद्ध खेल्न पाउने छैनन्। सेवेनरलाई यसअघि पाँच खेलमा प्रतिबन्ध गरिएको थियो।