Tuesday, January 26, 2021
Home > mophosala > घिमिरेको सक्रियतामा मोटरबाटो निर्माण

घिमिरेको सक्रियतामा मोटरबाटो निर्माण

लमजुङ ६ माघ । नेपाली काँग्रेस लमजुङका युवा नेता युवराज घिमिरेको सक्रियतमा मोटरबाटो निर्माण भएको छ ।

तनहुँको दमौलीबाट लमजुङको सोतीपसल, बगुवा, सुन्दरवस्ती, गैह्रीगाँउ, ताप्ले, रायपाली हुँदै भागीरथी भञ्ज्याङ जोड्ने मोटरबाटो निर्माण भएको हो । धेरै पहिले नै निर्माण हुनुपर्ने उक्त आयोजना राजनीतिक दलको हठका कारण केही समयपछि मात्र सुचारु भएको हो ।

गैरीगाँउका स्थानीय एवम् नेकपा एमालेका स्थानीय नेता भोजराज घिमिरेको संयोजकत्वमा निर्माण गर्न लागिएको मोटरबाटो निर्माण हुन नसकेपछि बाटो अलपत्र थियो तर त्यसको केही समयमा उनकै संयोजकत्वमा नेपाली काँग्रेसका युवा नेता युवराज घिमिरेको सक्रियतामा बाटो निर्माण सम्पन्न भई हाल सोही रुट हुँदै सञ्चालन भएको छ ।

सो बाटो केही समय अगाडि सञ्चालन हुनुपर्ने भएपनि नभएको कारण मङ्सिर ८ गते दुर्घटना भएर सोही गाँउका बासुदेव घिमिरेको मृत्यु भएको थियो । उक्त बाटोमा दैनिक १ मोटर आवतजावत गर्दै आएको छ । मोटरबाटो सुचारु हुँदासमेत युवराजलाई खासै महत्व नदिएपछि स्थानीयहरु निराश बनेका छन् ।

Leave a Reply