आउँछु भनि प्रदेसीले यो मोन थामिराछ
दिन प्रतीदिन बाकस देख्दा जिउनै कामिराछ
दशैँ तिहार चाढपर्वले घेर्यो अब यहाँ
बिहान बेल्का मनैत हो सिरान छामिराछ
गाउँलेहरु कैले आउँछ परदेशी भन्दैछन्
टोल छिमेकले हजुरलाई नै संधै नामिराछ
पैँसा ठुलो सोच्थें मत सम्बन्ध पो रैछ
कता कता आजभोली सोचै गामिराछ
आउनुस प्यारा चाहिदैन भो मलाई सुनको हार
कठोर थियो यो दिल मेरो ऐले सामिराछ।
मोहन बहादुर शाही (भिकारी)