Saturday, January 23, 2021
Home > special_two > सांसदहरू उपेन्द्र यादवमाथि खनिएः कालो झण्डा देखाएको निहुँमै हत्या !

सांसदहरू उपेन्द्र यादवमाथि खनिएः कालो झण्डा देखाएको निहुँमै हत्या !

काठमाडौं । मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतको सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरि सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन् । उनीहरुले घटनाबारे सम्बन्धीत मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे ।

सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धका सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराए ।

संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपुर्ण भेला हुने स्वतन्त्रत दिएको भएपनि भदौ ७ गते बद्रियामा उपप्रधान तथा  स्वास्थ्यमन्त्री यनदवलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राम मनोहर यादवलाई गैर न्यायिकरुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दाबी गरे ।

प्रहरीले यादवलाई गैरन्यायिक तरिकाले राखिर अमानविय ढंगले निर्रमम कुटपीट गरी बेहोस बनाएको र त्यसपछि उपचारको क्रममा स्थानीय अस्पताल घुमाएर अन्तमा काठमाण्डौको शिक्षण अस्पताल ल्याउदा ल्याउदै मृत्यु भएको भन्दै यस घटनाको सम्बोधन गर्नुको सट्टा सरकार मौन बसेको आरोप लगाए ।

उनले घटनाबारे सम्बन्धित मन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै शुन्य र विशेष समयमा उठाइएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

मानवअधिकारको हनन भईरहदा संसद चुप लागेर बस्न नसक्ने भन्दै उहाँले संसदीय समिति गठन गरि सही प्रतिवेदन ल्याउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराएयो ।

सांसद भरत कुमार शाहले मन्त्रीलाई कालो झण्डा देखाएको निहुँमा व्यक्ति हत्या गर्ने घटनाको छानविन गरि सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितलाई राहतको व्यवस्था गरि दोषीलाई कारवाही गर्न पनि माग गरे ।

 

Leave a Reply