काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेकाे नाम सिफारिस भएकाे छ। बुधवार बसेको संवैधानिक परिषदको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो ।
हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।
यसअघि प्रमुख आयुक्त रहेका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यबाहक प्रमुख रहँदै आएका थिए। उनले २०७४ फागुन २ देखि कार्यबाहक प्रमुखको पद सम्हालेका थिए।
घिमिरे सहित अन्य आयुक्तहरुले केही समयअघि मात्रै सर्वोच्च अदालतबाट योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका थिए। घिमिरे २०७१ चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए।