Tuesday, January 19, 2021
Home > special_one > साफ च्याम्पियनसिप : अन्तिम मिनेटमा सम्हालिन नक्सदा पाकिस्तानसँग हार्‍यो नेपाल

साफ च्याम्पियनसिप : अन्तिम मिनेटमा सम्हालिन नक्सदा पाकिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं  । बंगलादेशमा मंगलबारमाट सुरु भएकाे साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार ब्यहोरेको हो। नेपाल पाकिस्तानसँग अन्तिम समयमा सम्हालिन नसक्दा  २-१ गाेल अन्तरले नतिजा सुम्पिन पुगेकाे हाे ।

खेलको ३७औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो। पेनाल्टीमार्फत पाकिस्तानलाई मोहमद रिजाले अग्रता दिलाएका हुन्।पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले ८३औं मिनेटमा गोल गरेको थियो। नेपालका लागि विमल घर्तिमगरले बराबरी गोल फर्काएका थिए।

तर नेपालको खुशी केही समयमात्र रहन पुग्यो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा पाकिस्तानका माेहम्मद अलि दाबाेसले गोल फर्काएपछि अन्ततः नेपालले खेल गुमाउन पुग्यो।

यसअघि केही दिनअघि मात्रै सम्पन्न एसियाली खेलकुदमा समेत पाकिस्तानले समान गोलअन्तरमा नेपाललाई पराजित गरेको थियो। जितसँगै समूह ए मा पाकिस्तानले तीन अंक जोडेको छ। नेपालले बिहीबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ।

साफ फुटबलको १२औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन।

Leave a Reply