Saturday, January 23, 2021
Home > special_two > विम्स्टेककाे सैन्य अभ्यासबारे भीम रावललार्इ दिए प्रधानमन्त्री अाेलीकाे यस्ताे जवाफ

विम्स्टेककाे सैन्य अभ्यासबारे भीम रावललार्इ दिए प्रधानमन्त्री अाेलीकाे यस्ताे जवाफ

काठमाडौं । सरकारले बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कुनै पनि किसिमको सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता नभएको स्पष्ट पारेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बिमस्टेक सम्मेलनमा नेपालले सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता गरेको भन्दै त्यसबारे जवाफ माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो सम्झौता नभएको स्पष्ट पारेकाे हो ।

कुनै पनि आतंकवादी गतिविधि हुन नदिने भन्ने सन्दर्भमा सदस्य राष्ट्रबीच भएको सहमतिलाई सैन्य अभ्यासको रुपमा नबुझ्न उनले आग्रह गरे । सम्पूर्ण विकास र कनेक्टिभिटीको कुरा भएको भन्दै उनले भने, ‘नेपाल मिलिटरी प्याक्टमा विश्वास पनि गर्दैन । मिलिटरी प्याक्टभित्र पस्दा पनि पस्दैन । कुनै सरोकारको विषय होइन ।’

सहयोग आदानप्रदान विगतमा पनि हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले, ‘सैन्य अभ्यास, कहाँबाट आयो सैन्य अभ्यास ? मन्त्री भैसकेका माननीयजीहरु पनि कुरो गरेको देख्दा पो छक्क लाग्छ । हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका आउँछन्, अध्ययन गर्छन । डिग्री लिन्छन्, जान्छन् ।’

सैनिक अभ्यास भारत, चीन तथा अमेरिकासँग पनि हुने गरेको भन्दै उनले भने, ‘संयुक्त सैनिक अभ्यास र बिमस्टेकलाई कुनै मिलिटरी प्याक्टमा बदल्न खोजेको देखिन्छ र घोषणापत्रमा ?’

सम्बधित समाचार

विम्स्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ : भीम रावल

Leave a Reply