Sunday, January 24, 2021
Home > special_two > विम्स्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ : भीम रावल

विम्स्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ : भीम रावल

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले विम्स्टेक वैठकमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्र हित विपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको दाबी गरेका छन् ।

बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ’ उनले भने, ‘संविधानको हित विपरीत र पार्टीको नीति विपरीत कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरीत यसरी सरकारले निर्णय गर्नुले सकारात्मक सन्देश दिँदैन ।’

सरकारले राष्ट्रहितमा पनि असर पार्ने खालेको यो निर्णय विना छलफल हतारमा निर्णय गरेको नेता रावलले दावी गरे । ‘सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्‍यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’ उनले भने ।

 

Leave a Reply