Thursday, January 21, 2021
Home > special_three > परराष्ट्रमन्त्री ज्ञावलीमाथि संग्राैलाकाे कटाक्षाः श्रीराम मोदीका गोर्खे पवनपुत्रसँग नसकिने भो!

परराष्ट्रमन्त्री ज्ञावलीमाथि संग्राैलाकाे कटाक्षाः श्रीराम मोदीका गोर्खे पवनपुत्रसँग नसकिने भो!

काठमाडौँ । अन्तरदेशीय उर्जा व्यापारका लागि बाटो खोली विकास र शान्तिका लागि सहकार्य गर्ने प्रतिवद्धता सहित १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै बहुपक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायतका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन समाप्त भयाे ।

याेसँगै भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा बिम्स्टेक सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । प्रत्येक मुलुकका ३०-३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने भनिएकाे छ ।

तर, संयुक्त सैन्यअभ्यासबाट भारतले पाकिस्तानलाई थर्काउने र चीनलाई जोरी नखोज्न ध्वाँस दिने जुक्ती बनाएकाे धेरैकाे बुझाइ छ ।  प्रगतिशिल लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्राैलाकाे सामाजिक संजाल ट्वीटरमा पनि  त्यस्तै खालकाे विचार अाएकाे छ ।

उनले लेखेका छन् – “दिल्ली दरबारका जासुसी थिङ्क ट्याङ्कले कुरो घुमाएर भनिसके( संयुक्त सैन्यअभ्यास पाकिस्तानलाई थर्काउने र चीनलाई जोरी नखोज्न ध्वाँस दिने जुक्ती हो। यता परराष्ट्रमन्त्री प्रदीप भन्दैछन्( संयुक्त अभ्यास कसैका विरूद्द लक्षित छैन। हैट्,श्रीराम मोदीका गोर्खे पवनपुत्रसँग नसकिने भो”

Leave a Reply