काठमाडाैं । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेल्जियमले १०५ अाैँ बिपी जयन्तिकाे अवसरमा आगामी सेप्टेम्बर १८ तारिक सोमवारका दिन “वर्तमान परिपेक्ष्यमा लाेकतान्त्रिक समाजवाद” विषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ ।
उक्त कार्यक्रम नेपाली राजनीतिकका सालिन तथा निष्ठावान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुन लागेकाे हाे । बेल्जियमकाे लुभेनमा दिउँसाे १ बजेलार्इ कार्यक्रममाे समय राखिएकाे छ । साथै समितिले साँझ कार्यकर्ता भेटघाट कार्यक्रम पनि राखेकाे छ ।
उसले बेल्जियममा रहेका कांग्रेस नेता कार्यकता र शुभेच्छुक र नेपाली जनसम्पर्क समितिमा कार्यरत छिमेकी देशहरु तथा युरोपभरिका सभापती, संस्थापक तथा पुर्व सभापती , महासमिती सदस्य एवं महाधिवेसन प्रतिनिधीलगायतलार्इ उपस्थितिका लागि अनुराेध गरिएकाे छ ।
नेपाली जनसम्पर्क समिती बेल्जियमका प्रवक्ता जगदिस सापकोटाद्वारा सुचना जाहेर गरिएकाे छ ।