Saturday, January 23, 2021
Home > special_three > विमानस्थलबाटै फर्काइएका पूर्वलडाकु बिष्टद्वारा सर्वोच्चमा रिट

विमानस्थलबाटै फर्काइएका पूर्वलडाकु बिष्टद्वारा सर्वोच्चमा रिट

काठमाडौं । अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व बालसैनिक लेनिन विष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिष्टले अध्यागमन र गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै शुक्रबार रिट दायर गरेका हुन्।

‘कानुन ठूलो हुन्छ। विधायिकाले निर्माण गरेको कानुनभन्दा ठूलो कुनै पनि निकाय हुन नै सक्दैन। जुनसुकै निकायले कुनै कार्य गर्दा कुन कानुन अन्तर्गत उक्त कार्य गर्न लागिएको हो भन्ने कुरा लोकतान्त्रिक सरकारले स्पष्ट रुपमा उल्लेख गरी आधार कारण खोली निर्णय गर्नुपर्नेमा बिना आधार कारण कानुन सम्मत नेपालबाट बैंककतर्फ जान लागेको निवेदकलाई बैंकक जानबाट रोक लगाउने कार्य कानुन वर्जित रहेको छ’, रिटमा भनिएको छ।

 बिष्टलाई अघिल्लो शुक्रबार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो।

Leave a Reply