Saturday, January 23, 2021
Home > mophosala > कञ्चनपुरमा फेरि १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एसपी घटनास्थलमा

कञ्चनपुरमा फेरि १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एसपी घटनास्थलमा

धनगढी । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको घटना आएको छ ।

बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए । किशोरीका आफन्तले बेल्डाँडी प्रहरीमा उजुरी दर्ता गराएका छन । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।

उनले चार जना युवकले किशोरीको बलात्कार गरेको भन्दै उजुरी परेको र घटनालगत्तै ति चारै जना फरार रहेकोले खोजी कार्य तीव्र पारिएको जानकारी दिए । प्रहरीका अनुसार बिहीबार राति किशोरीको घरमा पुजा थियो ।

सोही मौका छोपेर ति किशोरीलाई युवकले सडकमा बोलाएको र त्यसपछि मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर बलात्कार गरेका थिए । घटनाबारे बुझ्न कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत आफै बेल्डाडी गएका छन् । अहिले बाटोमै रहेका कडायतले भने, ‘म अहिले बाटोमै छु । बलात्कारको घटनाबारे बुझन् आफै टोली लिएर जादैछु । त्यहाँ पुगेपछि के रहेछ सबै कुरा थाहा हुन्छ ।’

Leave a Reply