Tuesday, January 26, 2021
Home > special_one > बिमिस्टेक सम्मेलनः ६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

बिमिस्टेक सम्मेलनः ६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल अाएका ६ वटै देशका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।

बिहीबार नै सुरु हुने शिखर सम्मेलन राष्ट्रपति भण्डारीले विशिष्ट पाहुनाकाे सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनेछन्।

बिमस्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल अाएका छन् ।

Leave a Reply