Friday, January 22, 2021
Home > special_one > बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा लगाएको ताला खोल्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

साढे ३३ किलो सुन तस्करी सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुवाका शाखाहरुमा छापा मारी सिलबन्दी गरेको थियो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपन प्रधान मल्लको इजलाशले बुधवार बाजेको सेकुवाका शाखाहरुमा लगाइएको सिलवन्दी हटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले गरेको सिलवन्दीविरुद्ध चेतनकी पत्नी नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले गत जेठ ३० गते छापा मारेको थियो ।

समितिले काठमाडौंका विभिन्न स्थानमा रहेका बाजेको सेकुवा कर्नरमा छापा मारी सिलबन्दी गरेको थियो । सुन तस्करीबाट आर्जित गरेको सम्पत्ति बाजेको सेकुवामा लगानी गरेको भन्दै समितिले पसलमा सिलबन्दी गरेको थियो ।

गृह मन्त्रालयको छानबिन समितिले गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ । उनीविरुद्धको मुद्दा अदालतमा बिचाराधीन छ ।

Leave a Reply