Tuesday, January 19, 2021
Home > mophosala > महोत्तरीमा आठ महिने बच्चाको ‘अपहरण’पछि हत्या

महोत्तरीमा आठ महिने बच्चाको ‘अपहरण’पछि हत्या

काठमाडाैं । आइतबार साँझ घरबाटै ‘अपहरण’मा परेकी महोत्तरीकी आठ महिने बालिकाको हत्या भएको छ। महोत्तरी औरही नगरपालिका–१ का सन्तोष चौधरीकी छोरीको सोमबार दिउँसो शव फेला परेको हो।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार औरही–८ स्थित जंगलमा बालिकाको शव भेटिएको हो।कार्कीका अनुसार आइतबार साँझ ६ः१५ बजे ती बालिका बेपत्ता पारिएकी थिइन्। एक युवाले ती बालिकालाई लगेको प्रत्यक्षदर्शीले बताएको भन्दै दुई घन्टापछि आफन्तले प्रहरीलाई फोन गरेका थिए।

रातिबाटै खोजी तीव्र पारिए पनि बालिकालाई सकुशल उद्धार गर्न नसकिएको प्रहरी उपरीक्षक कार्कीले बताए। उनका अनुसार बच्चाको मुखबाट रगत निस्केको छ।

‘बालिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ कार्कीले भने। शव पोस्टमार्टमका लागि लगिएको छ।

कार्कीले हत्या गर्ने व्यक्तिको पहिचान भइसकेको बताए। ती व्यक्तिको खोजीका निम्ति ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ।

‘८ महिनाको बच्चासँग के दुश्मनी हुनसक्छ?,’ कार्कीले भने, ‘यसको यथार्थमा पुग्न हामी अनुसन्धानमा सक्रिय छौं।’

Leave a Reply