Monday, January 25, 2021
Home > मुख्य खबर > कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे सुझावः कर लिँदा ध्यान दिनुहाेला

कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे सुझावः कर लिँदा ध्यान दिनुहाेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ  दल नेकपा सत्ता कब्जा गर्ने बाटोमा रहेको आरोप लगाएका छन् ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग पार्टी कार्यालयमा आज गरेको अन्तरसम्वादमा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रणमा राख्ने प्रयास गरेर सत्ता कव्जाको प्रकृया थालेको बताएका हुन् ।

सभापति देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै कांग्रेसले जितेका स्थानीय तहमा कर उठाउदा ध्यान दिन निर्देशन दिए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ तर अधिकार प्रयोग गर्दा ध्यान दिनुहोला ।’

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने,’ ‘तपाईंहरुको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउँछ । यसकारण अरुले भन्दा फरक र उदाहरणीय काम गर्नुहोस् । जनताले कांग्रेसले जितेका ठाउँमा गर्‍याे है भन्ने पार्न सक्नुपर्छ ।’

Leave a Reply