Monday, January 18, 2021
Home > देश > रौतहट डुंगा दुर्घटनाः छ जना अझै वेपत्ता, २२ को उद्धार

रौतहट डुंगा दुर्घटनाः छ जना अझै वेपत्ता, २२ को उद्धार

रौतहट । लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका छन् । ६ जनाको खोजी भैरहेको छ । डुंगामा रहेका गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् ।

उनीहरुको रातभरी नै खोजी भएको छ । हिजो बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको स्थानीयबासिन्दाको अनुमान छ । नेपाल र भारतको सीमाक्षेत्रमा दुर्घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा खोजी तथा उद्धारको काम भैरहेको छ ।

Leave a Reply