Friday, January 22, 2021
Home > राजनीति > सांसद आचार्यद्धारा जनैपूर्णीमाको शुभकामना

सांसद आचार्यद्धारा जनैपूर्णीमाको शुभकामना

काठमाडौँ, १० भदौ । नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले जनैपूर्णीमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सांसद आचार्यले आज एक विज्ञप्ती जारी गरी हिन्दू नेपालीहरुको चाड जनैपूर्णीमा तथा रक्षाबन्धनका अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

हिन्दू शास्त्रअनुसार सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेपछि रक्षाबन्धनको विधिवत सुरुवात भएको हो, विज्ञप्तीमा भनिएको छ । सांसद आचार्यले आज रसुवाको गोसाइकुण्डमा जनैपूर्णीमाको अवसरमा भव्य मेला लाग्ने गरेको भन्दै उक्त मेलामा उपस्थित भइ धर्मप्राप्त गर्न सबैलाई आग्रह समेत गर्नुएको छ ।

Leave a Reply