Sunday, January 17, 2021
Home > special_two > नेपाल प्रहरीले किन बोलाइयो पिसिसि बैठक?

नेपाल प्रहरीले किन बोलाइयो पिसिसि बैठक?

काठमाडौं । पछिल्लाे समय विभिन्न अपराधिक घटनाको अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद र चित्तबुझ्दो नभएको भन्दै यतिबेला प्रहरी संगठन भित्र खैलाबैला मच्चीएको छ ।

भक्तपुर इनकाउन्टर घटना र कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीको भूमिकाप्रति तीव्र असन्तुटी पोखिएको छ ।

दुवै घटनामा नक्कली अनुसन्धान गरेको आरोप प्रहरीले खेपीरहेको छ । यसैबीच प्रहरीले पछिल्ला घटनाको समिक्षा गर्न प्रहरीको अर्डिनेसन कमिटी  (पिसिसि) को बिस्तारित बैठक बोलाएको छ।

प्रहरी प्रधान कार्यालयमा भइरहेकाे बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी नायब महानिरीक्षक, वरिष्ठ उपरीक्षक र सम्बन्धित विभाग र कार्यालयका प्रमुख सहभागी छन्।

बैठकमा समसामयिक घटनाक्रम र प्रहरीका नीतिगत एजेण्डामा छलफल भइरहेकाे छ । प्रहरीकाे उच्च नेतृत्व सहभागी बैठकमा पछिल्ला घटनाक्रमको विषयमा गम्भीर छलफल र बिश्लेषण हुने एक प्रहरी अधिकारीले जानकारी दिए ।

Leave a Reply