Thursday, January 21, 2021
Home > राजनीति > आर्थिक > अनुगमनको बिरोधमा कालिमाटी तरकारी बजार बन्द, सर्वसाधारण मारमा

अनुगमनको बिरोधमा कालिमाटी तरकारी बजार बन्द, सर्वसाधारण मारमा

काठमाडौं । आपूर्ति विभागको टोली मंगलबार बिहान अनुगमनका नाम अाफूमाथि धरपकड गरेकाे विराेधमा व्यवसायीले तरकारी मुख्य थोक बजार कालिमाटी तरकारी तथा फलफूल बजार बन्द गरेका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा व्यवसायीले अनियमितता गरेको आरोपमा सरकारी टोली सोमाबर अनुगमन गयो । त्यहाँका व्यवसायीले सरकारी अनुगमन टोलीका सदस्यलाई अवरोध गरे ।

अनुगमनमा अवरोध गर्नेमा कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहितका व्यवसायी थिए । प्रहरीले खतिवडा र व्यवसायी विमल ढुंगानालाई पक्राउ गर्‍यो । उनीहरुलाई पक्राउ गरेको विरोधमा मंगलबार व्यवसायीले कालिमाटी बजार बन्द गरेकाे हाे ।

झण्डै सात सय टन तरकारी भित्रने कालिमाटीमा मंगलबार १०० टनको हाराहारीमा मात्रै तरकारी भित्रिएको छ । व्यवसायीले थोक बजार बन्द गरेका छन् ।  जसकारण तरकारी तथा फलफूल खरिदकर्ता मारमा परेका छन् ।

Leave a Reply