Tuesday, January 26, 2021
Home > special_two > भारतबाट कांग्रेस नेताहरूले भने- पार्टी चरम समस्यामा छ, एकताकाे विकल्प छैन

भारतबाट कांग्रेस नेताहरूले भने- पार्टी चरम समस्यामा छ, एकताकाे विकल्प छैन

काठमाडाै । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारत  पश्चिम भारत क्षेत्र (महाराष्ट्र , गाेवा र गुजरात) काे छैटौँ अधिवेशन अाजबाट सुरु भएकाे छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्व सिचार्इ मान्त्री एनपी साउदले मुम्बै एतिहासिक ठाउँ भएकाे बताएका छन् । उनले नेपालमा पञ्चयातकाे कालरात्री भएका बेला बिपी काेइरालाले मुम्बैमा रहेका नेपाली प्रवासी दाजुभार्इ दिदीबहिनीहरूलार्इ गाेलबद्द गरेर नेपालमा क्रान्तीकाे सुरूवात गरेकाे स्मरण गर्दै मुम्बैमा रहेका नेता कार्यकर्ताबाट पार्टीले ठूलाे अाशा गरेकाे बताए ।

यस्तै पूर्व संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले भारतका रहेका नेता कार्यकर्ताहरूले अाफ्नाे बाैदिक विकास गरेर पार्टीलार्इ सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।अाफ्ना सन्ततीलार्इ राम्राे शिक्षा दिक्षा दिएर विवेकशील नागरिक बनाउने कुरामा उनले पनि जाेड दिए ।

कार्यक्रममा नेपाल तरूण दलका महासचिव एवं युवा नेता भुपेन्द्रजंग शाहीले माउ पार्टी र विभिन्न भ्रातृ संगठनले अापसी रूपामा मिलेर जानुकाे विकल्प नभएकाे बताए ।

उनले भने,’ नेपाली कांग्रेस हिजाे पहिलाे पार्टी थियाे ।  गत निर्वाचनमा पराजित हुँदै एतिहासकै कमजाेर स्थितिमा छ । याे कुरालार्इ मनन गरेर नेपाल तरूण दल अाफू एक भएर पार्टीका नेताहरूलार्इ एकबद्द बनाउन लागि परेकाे छ । सबैले विभिन्न ठाउँबाट पार्टीकाे जागरणका लागि एक जुट भएर लाग्नु पर्छ । प्रवासी दाजुभाइबाट पनि हामीले यहि अाशा गरका छाैँ ।’

सहासिव शाहीले याे समय कम्युनिस्टसँगकाे लडाइकाे समय भएकाे बताए । उनले हिजाे कांग्रेस भएकै नाममा हत्या गरियाेकाे , घरबाराबिहीन बनाइएकाे स्मरण गर्दै त्यस विरूद्द लडने समय अाएकाे बताए ।

Leave a Reply