Wednesday, January 27, 2021
Home > special_three > नयाँ कर नीतिले निम्त्याउन सक्ने सम्भावित खतराहरू !

नयाँ कर नीतिले निम्त्याउन सक्ने सम्भावित खतराहरू !

राज्यले कर उठाउनु अपराध होइन परन्तु अस्वभाविक ढंगले करको दायरा र शीर्षकहरु तोकेर जनताको ढांड सेक्ने निती अङ्गीकार गरी अख्तियारी बेहोर्न लाउनु जनहित सापेक्ष हुनै सक्तैन । यसो गरिनुको मूल दुई कारण हुन सक्छन् ।
१) संघिय शासन प्रणालीलाई असफल बनाउन स्वयं केन्द्रीय सरकार लागि परेको छ । यसका निम्ती घुमाउरो चालबाट जनहित बिरुद्द सिमित नेतृत्वतहकाे भयंकर खतरनाक षड्यन्त्रको परिणति स्वरूप देशवासिलाई अस्विकार हुने बाध्यात्मक कर निती निर्माण गरिरहेको छ।

यसको मूल उद्देश्य आर्थिक रूपले मूलूकमा बितण्डा निम्त्याउने सेतो आतंकको अदृष्‍य जाल बिछ्याएर जनस्तरबाट अवज्ञाको स्थिती सिर्जना गर्नु हो । कर उठ्नै नसक्ने परिस्थिती खडा गर्नु हो। जस देशको अर्थतन्त्र धरासायी बनाइ राज्यको प्रशासनिक मोडेल परिवर्तन गर्ने प्रमुख कारण बनाउनु हो।
२) आत्मानिर्भरताको प्रश्नलाई सुसुप्त अवस्थामा पुर्याएर देशमा कहाली लाग्दो आर्थिक अभावको सिर्जना गरी रोजगारीबिहीन जनशक्तीलाई झनै निराशातर्फ धकेलेर राज्यको राजनीति प्रणालीलाई परिवर्तन गर्न गराउन उत्साहित बनाउने चाल पनि हो।

यी दुवै कारणबाट मुलुकमा राजनीति प्रणालिलाई रुपान्तरण गर्न गराउन विलल्पको रुपमा यो कर नितिलाई अगाडि सारीएको हुन सक्छ । कर नितिको उल्लंघनले अकल्पनिय विपत निम्त्याउछ जस्तो कि सत्रौँ शताव्दिमा बेलायतले आफ्नो उपनिवेशको रुपमा परिभाषित गर्दै अहिलेको अमेरिकि जनतालाई ढांड सेक्ने कर निती लागु गरेपछी अमेरिकी जनताले त्यसको अवग्या मात्र गरेनन स्वतन्त्र अमेरिकी राष्ट्रको निर्माण गर्न वाध्य बनाए।

वर्तमान केन्द्रीय सरकारको कर नितीलाई बिधमान सात प्रदेशका जनताले स्विकार गर्ने नै छन् भन्ने कुनै ग्यारेन्टि छैन। यसको दीर्घकालिन असर भनेको राज्य  विपतको अकाट्य सम्भावनाका जटिल कारण हुनेछ। जय नेपाल !

Leave a Reply